Logo

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै



काठमाडौं,माघ २१ । नेकपा (माओवादी केन्द्र) ले संसदीय दलको बैठक आह्वान गरेको छ । सोमबार बिहान साढे ८ बजे सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यालयमा बस्नेगरी संसदीय दलको बैठक आह्वान गरिएको जनाइएको छ । बैठकमा संसदको हिउँदे अधिवेशनमा प्रस्तुत हुने विषयहरू लगायत सम्बन्धमा छलफल हुने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्