Logo

पूर्वराजा ज्ञानेन्द्र शाहलक्षित ओलीको टिप्पणी : ज्ञानेन्द्रको सक्रियता पार्टी खोल्ने सुर होला



काठमाडौं, २२ माघ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता पार्टी खोल्ने सुर भएको टिप्पणी गरेका छन् । पूर्वराजा ज्ञानेन्द्रको सक्रियताबारे पत्रकारले सोधेको जिज्ञासामा ओलीले यस्तो बताएका हुन् ।

पार्टीको कार्यक्रममा सहभागी हुन मधेश प्रदेशको राजधानी जनकपुर पुगेका ओलीले विमानस्थलको भिआईपी कक्षमा पत्रकारहरुसँगको कुराकानीमा यस्तो टिप्पणी गरेका हुन् ।

उनले पार्टी खोल्नको लागि आधार बनाउन ज्ञानेन्द्रले आफ्नो सक्रियता बढाएको हुनसक्ने अनुमान सुनाए । यस्तै, ओलीले नेपालमा संघीयताको आवश्यकत्ता रहेको भन्दै यसलाई कार्यान्वयन गरेर जानुपर्ने र बलियो बनाउनुपर्ने आवाज उठाए ।

तस्विर : बालकोट/फेशबुक



प्रतिक्रिया दिनुहोस्

Screenshot