Logo

पूर्वमन्त्री बुढाथोकीको निधनपछि देउवाले बोलाए केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक



काठमाडौं,२३ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएका छन् । आज बिहान १० बजे बस्ने गरी बैठक बोलाइएको हो ।

पार्टी मुख्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन भनिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

केन्द्रीय कार्यसमितिका सदस्य एवम् पूर्व मन्त्री केशवकुमार बुढाथोकीको सोमबार राति निधन भएको उनको शोक प्रस्ताव पारित गर्न आकस्मिक बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot