काठमाडौं, माघ २५। आज एकै समयमा तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुँदैछ ।
त्यस्तै ११ बजे नै बस्ने दिगो विकास तथा सुशासन समितिको बैठकमा सङ्घीय संसद् भवन निर्माणको हालसम्मको प्रगतिको सम्बन्धमा छलफल हुँदैछ।
बिहान ११ बजे नै बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सोर्हौ पञ्चवर्षीय योजनामा दिगो विकास लक्ष्य तथा लैङ्गिकमैत्री दृष्टिकोणबाट निर्माण गर्न समावेश गर्नुपर्ने सुझावहरूका सम्बन्धमा छलफल हुने संघीय संसद् सचिवालयले जनाएको छ ।