Logo

हिमाल सागर र अनु चौधरीको नयाँ गीत ‘यही त होनी माया’ को भिडिओ सार्वजनिक, विमल र गरिमाको बोल्ड अवतार (भिडिओसहित)



काठमाडौं, २५ माघ । चर्चित गायक हिमाल सागर र चर्चित गायिका अनु चौधरीको स्वर रहेको ‘यही त होनी माया’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । भावना म्युजिक सोलुसन युट्युव च्यानलमार्फत सार्वजनिक उक्त गीतको भिडिओमा विमल अधिकारी र गरिमा शर्माको बेजोड अभिनय रहेको छ ।

उसो त यो गीतमा शब्द र संगीतपनि मोडेल विमल अधिकारकै हो । यसअघि विमलले नै हिमाल सागर र अनु चौधरीलाई सहकार्य गराएका थिए । राजेश घिमिरेको छायाँकान रहेको भिडिओलाई मौसमी हिमालीले निर्देशन र विकास ज्ञवालीले सम्पादन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्