Logo

कोशी प्रदेश सरकार र सङ्घर्ष समितिबीच आज पनि वार्ता



काठमाण्डौं, माघ २६ । कोशी प्रदेश सरकार र प्रदेश पुनःनामकरण संयुक्त सङ्घर्ष समितिबीच हिजोदेखि शुरु भएको वार्ता सकारात्मक भएको दुवै पक्षले बताएका छन् ।

वार्तामा दुवै पक्षबीच साझा सहमति कायम गरी प्रदेश सरकार समक्ष सिफारिस गर्ने निर्णय भएको छ । प्रदेश सरकार वार्ता समितिका संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जवेगुले वार्ताको सकारात्मक शुरुवात भएको बताए।

यस्तै, सङ्घर्ष समितिका वरिष्ठ सदस्य युवराज राईले सरकारसँग भएको वार्तामा आफ्ना माग र आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार र क्षतिपूर्तिलगायतका विषयमा सकारात्मक छलफल भएको बताए।

हिजो झण्डै तीन घण्टा भएको वार्तामा दुवै पक्षबाट आ–आफ्ना कुरा राख्ने काम सकिएको र आज बिहान फेरि छलफल हुने वार्ता टोलीका संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुले बताए। अघिल्लो वर्ष फागुनमा प्रदेशसभा बैठकले प्रदेशको नाम कोशी पारित गरेपछि पहिचान पक्षधरले पुनः नामकरणको माग राख्दै आन्दोलन गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्