Logo

आज पनि बस्दै माओवादी स्थायी समिति बैठक



काठमाडौं, माघ २७ । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज पनि बस्दैछ। बैठक आज दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । शुक्रबारदेखि सुरु भएको बैठकमा विधान मस्यौदा कार्यदलका संयोजक एवं उपाध्यक्ष पम्फा भुसालले विधानका प्रमुख विशेषताका बारेमा बैठकमा प्रस्तुति दिएकी थिइन् ।

विधानमाथि महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा, सचिवद्वय गणेश साह र राम कार्की तथा स्थायी समिति सदस्य शशि श्रेष्ठले धारणा राखेका थिए ।

हिजोको बैठकमा विधान मस्यौदामा धारणा राख्ने अधिकांश सदस्यले पार्टी विधानमा समाजवादी मूल्य, मान्यता र आदर्श स्थापित तथा समाजवादी विचारधारा प्रवाहित हुनेगरी व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए। 

यस्तै केन्द्रीय समिति एक सय ५१ सदस्यीय बनाउनुपर्नेमा जोड दिइएको थियो । स्थायी समिति बैठकको निर्णय अनुमोदन गर्न आइतबार र सोमबार केन्द्रीय समिति बैठक पनि बोलाइएको छ। 



प्रतिक्रिया दिनुहोस्