Logo

कांग्रेस महासमिति बैठकका लागि यातायात व्यवस्थापन उपसमितिमा सदस्य थप



काठमाडौँ, २८ माघ । नेपाली कांग्रेसको आगामी फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुन लागेको महासमिति बैठकको यातायात व्यवस्थापन उपसमितिमा सात सदस्य थप गरिएको छ ।

महासमिति बैठकमा जान आउनका लागि आवश्यक पर्ने यातायात सुविधालाई व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि पार्टी केन्द्रीय सदस्य धना खतिवडाको संयोजकत्वमा रहेको उपसमितिमा आज सातजना सदस्य थप गरिएको हो ।

उपसमितिमा योगेन्द्रनाथ कर्माचार्य (काभ्रेपलाञ्चोक), केदारनाथ पौडेल (बर्दिया), शरद अधिकारी (धादिङ), सानुकाजी प्रजापति (काठमाडौँ), सुवन गिरी (नुवाकोट), धर्म भण्डारी (झापा) र महेश्वर थापा (ललितपुर) लाई थप गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot