Logo

नेपाललाई दोस्रो झड्का, अनिल साह ८ रनमै आउट



काठमाडौं, फागुन ३ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नामिबियाविरुद्ध नेपालले सस्तैमा दोस्रो विकेट गुमाएको छ । नेपालले दोस्रो विकेटको रूपमा अनिल साहलाई गुमायो ।

उनी २.१ ओभरमा व्यक्तिगत ८ रनमा एल्बीडब्लू आउट भए । अनिललाई पनि रुबेन ट्रम्पलम्यानले पवेलिएन फर्काए । नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई पहिलो बलमै गुमायो । उनलाई पनि रुबेन ट्रम्पलम्यानले शून्यमै क्याच आउट गराए ।

नेपालले आज टस हारेर ब्याटिङको निम्तो पाएको हो । नामिबियाविरुद्ध ओपनिङ ब्याटरको जिम्मेवारी कुशल र आसिफ शेखले पाए । नेपाल र नामिबियाबीचको खेल बिहान कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्