Logo

बोक्सीको आरोपमा एक महिलालाई खुवाइयो मलमूत्र



काठमाडौं, ४ फागुन । मोरङको बूढीगंगा गाउँपालिका–७ की एक महिलालाई बोक्सीको आरोपमा यातना दिएर मलमूत्र खुवाइएको छ । छिमेकीहरुले यातना दिँदै ती महिलालाई बोक्सीको आरोपमा मलमूत्र खुवाएका हुन् ।

बोक्सीको आरोपमा मलमूत्र खुवाउन भूमिका खेल्ने स्थानीय पारो माझीलाई प्रहरीले पक्राउ गरेको छ । उनी धामी रहेको बताइएको छ । हिजो (बिहीबार) घरमा अष्टम पूजा लगाइएको र उक्त पूजामा प्रयोग भएको दियो चारेको भन्दै उनलाई बोक्सीको आरोपमा मलमूत्र खुवाइएको बताइएको छ ।

पारो माझीले उक्त दियो हराएपछि जोखना हेरेको र जोखनामा ती महिलाले चोरेको देखिएको र त्यस्तो काम बोक्सीले मात्रै गर्न सक्ने भन्दै उनलाई मलमूत्र खुवाइएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्