Logo

विश्वकप लिग–२: आज नामिबिया र नेदरल्याण्डस भिड्दै



काठमाडौं, फागुन ७ । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नामिबिया र नेदरल्याण्डसबीच खेल हुदै छ । आजको खेल त्रिवि क्रिकेट मैदानमा अहिले बिहान ९ः३० बजेदेखि शुरु हुदै छ ।

नामिबियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै यस सिरिजमा विजयी शुरुवात गरेको छ भने नेदरल्याण्डसले पहिलो खेलमा नेपालसँग ९ विकेटले हार बेहोरेर दोस्रो खेल खेल्दै छ ।

लिग( २ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् । आइसीसीका अनुसार लिग–२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।



प्रतिक्रिया दिनुहोस्