Logo

कर्णालीका हिमाली जिल्लामा गएराती देखि वर्षा र हिमपात



काठमाडौं, फागुन ८। कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा गएराती देखि वर्षा र हिमपात सुरु भएको छ । केही दिन यता अत्यधिक चिसो बढेपछि आइतबार रातिदेखि मुगु लगायत हुम्ला, जुम्ला,डोल्पा लगायतका जिल्लाहरूमा वर्षासँगै हिमपात सुरु भएको हो । विशेष गरि उच्च हिमाली बस्तीहरूमा हिमपात भएको छ भने बेसी तिरको भागमा पानी परेको छ । रारा लगायत मुगुका उच्च स्थानमा भारी हिमपात भएको छ ।

मुर्माटप, चुचेमारा, घुच्ची, ताल्च, चंखेली, लखूँ, मुन्दु, लिउडी, बाम , चाक्पाँडे, सोरूकोट, घट्टललेक, तलिलेक, मह, दोल्फु, उपल्लो मुगु , किम्री, ताखा, खारी, र हुम्ला जिल्लाको सदरमुकाम सिमिकोट लगायत डोल्पा जिल्लाका उच्च हिमाली भेगमासमेत भारीमात्रामा हिमपात भएको छ । यस अघि माघ महिनाको तेस्रो हप्तामा कर्णालीमा थोरै वर्षा र हिमपात भएको थियो ।

खेतीपाती गर्ने कृषकका लागि त्यतिखेरको वर्षा र हल्का हिमपातले थोरै भएपनि राहत मिलेको भएपनि किसानहरू सन्तुष्ट थिएनन् । सोमबार राती देखिको वर्षा र हिमपातले भने कृषकका लागि ठुलो राहत मिलेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot