Logo

कांग्रेसमा आम्दानीभन्दा खर्च धेरै, सोचेजति उठ्न छोड्यो चन्दा



काठमाडौं,८ फागुन । नेपाली कांग्रेसमा आम्दानी भन्दा खर्च धेरै भईरहेको पाईएको छ ।

सोमबारबाट सुरु भएको महासमितमा पेश भएको आर्थिक प्रतिवेलन अनुसार कांगेस घाटामा रहेको देखिएको छ । सांसद तथा अर्थ विभागका प्रमुख श्यामकुमार घिमिरेले पेश गरेको प्रस्तावअनुसार आर्थिक वर्ष ०७९-८० मा ३ करोड ६४ लाख ७६ हजार १९७ आम्दानी हुँदा ७ करोड ९९ लाख ९५ हजार १२१ खर्च भएको छ ।

यस्तै, आर्थिक वर्ष ०७८/७९ मा १४ करोड ८९ लाख ९४ हजार ८७ आम्दानी हुँदा १७ करोड ९० लाख ७८ हजार २२२ खर्च भएको छ ।

कांग्रेसको आम्दानी सदस्यता नवीकरण, लेवी शुल्क चन्दा सहयोग नै प्रमुख देखिएको छ । तर, घाटामा रहेको कांग्रेसमा पछिल्लो सयम चन्दा पनि घटेको छ । प्रतिवेदन अनुसार ०७८/७९ मा ६ करोड ६८ लाख २४ हजार सहयोग भएकोमा पछिल्लो आवमा २ करोड ६५ लाख ६४ हजार ५७७ मात्रै चन्दा संकलन भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot