Logo

१८ जना प्रहरी आफूखुसी सम्पर्कविहिन, सात दिनभित्र हाजिर नभए सेवाबाट हटाइने



काठमाडौं, फागुन १० । प्रहरी प्रधान कार्यालय नक्सालले लामो समयदेखि गैरहाजिर प्रहरी कर्मचारीलाई हाजिर हुन आउन आग्रह गरेको छ ।

आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा समेत सम्पर्कमा नआउने १८ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन सूचना प्रकाशित गरिएको छ । अन्यथा सेवाबाट हटाइने प्रहरी प्रधान कार्यालयले स्पष्ट पारेको छ । गैरहाजिर हुनेमा प्रहरी सहायक निरीक्षकदेखि प्रहरी जवानसम्म छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot