Logo

एस्फोडेल पब्लिक स्कूलले मनायो २४औं अभिभावक दिवस (फोटोफिचर)



काठमाडौं, फागुन १० । काठमाडौंको कालिकास्थानमा रहेको एस्फोडेल पब्लिक स्कूलको २४औं अभिभावक दिवस सम्पन्न भएको छ । एस्फोडेल स्कूलले फागुन ६ गते राष्ट्रिय नाँचघरमा एक भव्य समारोहको आयोजना गर्दै एसईई २० औँ समूहका विद्यार्थीलाई सम्मानसहित बिदाई गर्दै आफ्नो २४औं अभिभावक दिवस मनाएको हो ।

वरिष्ठ अभिनेता शिव श्रेष्ठ प्रमुख आतिथि र गोरखापत्र संस्थानका पूर्व अध्यक्ष रमेश तुफानको विशेष आतिथ्यतामा सम्पन्न समारोहमा विद्यार्थीहरुले विभिन्न भेषभुषामा आफनो कला प्रस्तुती प्रर्दशन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक विरेन्द्रप्रकाश श्रेष्ठले आफ्ना विद्यार्थीहरुमा सोचे अनुरुप प्रगति र विकास भइरहेको बताउँदै यहाँबाट एसईई उर्तिण गरेका विद्यार्थीहरुले अन्तर्राष्ट्रिय विश्वविद्यालयमा समेत उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए । उनले अभिभावक दिवसमा विद्यार्थीहरुले विभिन्न क्रियाकलापमार्फत अभिभावकहरुलाई आफुनो क्षमता विकासबारे प्रर्दशन गरेको जानकारी दिए ।

अभिभावक दिवसको महत्व बारे प्रकाश पार्दै उनले पढाइसँगै वर्षभरिमा के–के गर्यौं? के–के सिकायौं, विद्यार्थीहरुले के–कस्तो प्रकारको ज्ञान हाँसिल गरे भन्नेबारे अभिभावकहरु जानकारी गराए ।

त्यस्तै, कार्यक्रमबारे प्रतिक्रिया दिदै वरिष्ठ अभिनेता शिव श्रेष्ठले विद्यार्थीहरुको कला प्रर्दशनबाट प्रभावित भएको बताए । विद्यार्थीहरुले विद्यालयबाट उत्कृष्ट शिक्षा सँगसँगै संस्कारसमेत सिक्न पाएको उनको भनाई छ । हरेक विद्यालयले यस्ता क्रयाकलापहरुमा जोड दिन आवश्यक रहेको जनाउँदै उनले आफूले समेत विद्यार्थीहरुबाट धेरै कुरा सिक्ने अवसर पाएको बताए ।



प्रतिक्रिया दिनुहोस्