Logo

स्पेनको एउटा गगनचुम्बी भवनमा भीषण आगलागीः चार जनाको मृत्यु



काठमाडौं, फागुन ११ । स्पेनको भ्यालेन्सिया सहरमा रहेको एउटा गगनचुम्बी भवनमा भीषण आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । घटनामा परी हालसम्म १४ जना घाइते भएका छन् । घाइते हुनेमा ६ जना अग्नी नियन्त्रक र एक बालक समेत रहेका छन् ।

भवनको १४ औं तल्लाबाट शुरु भएको आगो छेउको अर्को भवनमा पनि सल्किएको छ । अग्नी नियन्त्रकहरुले भवनको बार्दलीबाट मानिसहरुलाई उद्दार गरिरहेका छन् । स्थानीय संचार माध्यमहरुका अनुसार अझै धेरै मानिसहरु भवनभित्र फसेको अनुमान गरिएको छ ।

२० भन्दा बढी दमकलबाट आगो नियन्त्रणमा लिने प्रयास गरिएको छ । मानिसहरूलाई आगलागीग्रस्त क्षेत्रबाट टाढा रहन आग्रह गरिएको छ । भवनमा १ सय ३८ फ्ल्याटहरू रहेका छन् । जहाँ ४ सय ५० जना बसोबास गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्