Logo

विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने खालको शिक्षामा जोड गरौः माधव नेपाल



काठमाडौं, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले शिक्षा नैतिकतायुक्त, व्यावसायिक, सीपमूलक र विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने खालको हुनुपर्ने बताएका छन् ।

द सनसाइन स्कुलको २७औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले विद्यमान शिक्षा प्रणालीमा सुधार आवश्यक रहेको बताउँदै नैतिक र व्यावहारिक शिक्षामा जोड दिनुपर्ने धारणा राखेका हुन्। 

समाजको चरित्र निर्माण र समग्र मुलुकको विकासका लागि आवश्यकपर्ने दक्ष जनशक्ति उत्पादनका लागि शिक्षा क्षेत्रमा सुधार अपरिहार्य रहेको उनको भनाइ छ । त्यस्तै शिक्षा क्षेत्रलाई प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रका रुपमा मात्र राख्ने नभई समग्र मुलुकको जिम्मेवारीका रुपमा बुझ्नुपर्नेमा उनले जोड दिए। संविधानमा प्रत्याभूत गरिएका मौलिक हक कार्यान्वयनका सन्दर्भमा सबै तहका सरकार जिम्मेवार भएर लाग्नुपर्ने उनले बताए । 

“नैतिक शिक्षा र सिर्जनात्मक कार्यले योग्य जनशक्ति निर्माणमा सहयोग गर्छ । शिक्षा क्षेत्रबाटै समाज रुपान्तरण सम्भव छ । गुणस्तरीय, सीपमूलक र नैतिक शिक्षाका लागि पाठ्यक्रम, विद्यालय र कक्षाकोठा मात्र नभई अविभावक पनि जिम्मेवार हुनुपर्छ”, उनले भने। पुर्खाको योगदानलाई पछिल्लो पुस्ताले बिर्सन नहुने उनको भनाइ थियो ।  



प्रतिक्रिया दिनुहोस्