Logo

आईसीसी क्रिकेट विश्वकप लिग–२ : सिरिजको अन्तिम खेलमा आज नेदरल्यान्ड्ससँग भिड्दै नेपाल



काठमाडौं, फागुन १३ । नेपालले आज आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्ससँग खेल्दै छ। कीर्तिपुर मैदानमा अहिले बिहान साढे ९ बजेदेखि सुरु हुने आजको सिरिजको अन्तिम खेल हो ।

यस सिरिजमा ४ मध्ये ३ खेलमा जित हात पारेको नामिबिया ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। त्यसै गरी नेदरल्यान्ड्सको ३ खेलमा २ अङ्क रहेको छ भने नेपालको पनि ३ खेलमा २ अङ्क नै छ। तर नेपाल रन रेटको आधारमा दोस्रो स्थानमा छ।

नेपाल र नेदरल्यान्ड्सबीच अहिलेसम्म केवल चार एकदिवसीय खेल भएका छन्। जसमा नेदरल्याण्डसले २ तथा नेपालले २ खेल जितेको छ। नेपालले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल नेदरल्याण्डससँग नै २०१८ को अगस्त १ मा खेलेको थियो।

लिग–२ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot