Logo

सशस्त्रको ब्यारेकमा आगलागी, बन्दोबस्तीका समानहरू जलेर नष्ट



काठमाडौं, फागुन १३ । बाराको विश्रामपुर गाउँपालिका–४ बलरामपुर स्थित सशस्त्र प्रहरीको ब्यारेकमा आगलागी हुँदा बन्दोबस्तीका समानहरू जलेर नष्ट भएको छ ।

शनिवार दिउँसो तीन बजेको समयमा अचानक विद्युत् सर्ट भएर भएको आगलागीबाट सशस्त्र प्रहरीको बर्दी,ओछ्यान, रासन लगायतका सामग्री, लगाउने लुगाहरू जलेर नष्ट भएका छन् । आगलागीका कारण फुसको ब्यारेक पुर्णरुपमा जलेको हुँदा बस्न नसकिने अवस्थामा पुगेको छ । वीरगन्जबाट आएको वारुणयन्त्र, स्थानीयहरू र नेपाल प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो ।

आगलागीबाट कुनै मानवीय क्षति नभएको र हतियार, गोलीमा समेत कुनै क्षति नभएको सशस्त्र प्रहरी उपरिक्षक सन्तोष सिंहले बताए । आगलागीको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, प्रहरी उपरिक्षक सुरेश प्रसाद काफले, सशस्त्र प्रहरी उपरिक्षक सन्तोष सिंहले घटना स्थल पुगी निरीक्षण गर्दै आगलागीका बारेमा जानकारी लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्