Logo

तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको?



काठमाडौं, फागुन १३ । आज सुनचाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सय रुपैयाँमाले बढेको हो । आज दिन छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलामा १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्