Logo

पूर्वसैनिक सचिव शाहको ‘दरबारबाट देखेको नेपाल’ पुस्तक विमोचन



काठमाडौं, १३ फागुन । पूर्वसैनिक सचिव विवेक कुमार शाहको ‘दरबारबाट देखेको नेपाल’ पुस्तक विमोचन गरिएको छ । यो शाहको दोस्रो पुस्तक हो । उनले यसअघि ‘मैले देखेको दरबार’ पुस्तक लेखेका थिए । पुस्तकमा उनले आफू दरबारमा कार्यरत रहँदाको तत्कालीन समय, घटना परिघटनालाई समेटेर संस्मरणात्मक रुपमा समावेश गरेका छन् । शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित एक समारोहमा ‘दरबारबाट देखेको नेपाल’ विमोचन गरिएको हो ।

‘शाही पाश्र्ववर्ती सैनिक’ शाहले आफ्नो संस्मरणमा रहेको तत्कालीन समयका विषयवस्तु र घटनालाई विभिन्न भागमा पुस्तकमा समेटेका छन् । पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसैनिक शाहले आफूले ३५ वर्ष सैनिक सेवा गरेको बताए । उनले आफू ३० वर्ष दरबारको सेवामा रहँदा भोगेको उत्तारचढावलाई पुस्तकमा समावेश गरेको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot