Logo

राष्ट्रपतिबाट मनोनित गर्ने राष्ट्रिय सभा सदस्यमा एकाएक शम्भु थापाको चर्चा



काठमाडौं, १३ फागुन । मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रिय सभा सदस्यको लागि एकाएक शम्भु थापाको नाम चर्चामा आएको छ ।

यसअघि सत्ता गठबन्धनले राष्ट्रपतिबाट मनोनित गर्ने भन्दै जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलको नाम बाहिर ल्याएको थियो । तर, अहिले वरिष्ठ अधिवक्ता शम्भु थापाको नाम चर्चा आएपछि गठबन्धका केही दलका नेताहरु अचम्ममा परेका छन् ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा बारको अध्यक्ष हुँदा थापाले खेलेको भूमिकाको कदर गर्नको लागि पनि उनलाई राष्ट्रपतिबाट मनोनित गरेर राष्ट्रिय सभामा लैजानुपर्ने आवाज उठेको हो । वामपन्थी पृष्ठभूमिका थापाले भने आफूले त्यतातिर मन नबनाएको बताउने गरेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्