Logo

संसदको दुबै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची



काठमाडौं, फागुन १४ । आज संघीय संसद अन्तर्गत दुबै सदनको वैठक बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा अहिले बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख देबराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् । राष्ट्रियसभामा उत्पति भएको बिधायनसम्बन्धी बिधेयक २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको बिधयेक टेबुल गरिनेछ ।

साथै, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हालेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रियसभामा उत्पति भएको बिद्युत ब्यापार बिधेयक २०८०’ माथि बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । अर्थ मन्त्री प्रकाशशरण महतले आब २०८१/८२ का लागि बिनियोजन बिधेयकका सिद्धान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको महासचिव पदमप्रसाद पाण्डेयद्वारा जारी गरिएको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

त्यस्तै ११ बजे नै बस्ने राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको संरक्षण क्षेत्रको अवस्था सम्वन्धी अध्ययन प्रतिवेदन पेश, पूर्व बजेट (बिनियोजन बिधेयकका सिद्धान्त र प्राथमिकता) पेश विदाइ हुने सदस्यको अनुभवको प्रस्तुतीको कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्