Logo

मालीमा बस दुर्घटना हुँदा ३१ जनाको मृत्यु



काठमाडौं, फागुन १६ । अफ्रिकी मुलुक मालीमा मङ्गलबार भएको बस दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ । मालिको केनिबामा एउटा बस नदीमाथि रहेको पुलबाट तल खस्दा सो घटना भएको हो ।

स्थानीय समयअनुसार साँझ पाँचको समयमा बुर्किनाफासो जाँदै गरेको बस दुर्घटनामा परेको थियो । चालकले गाडीमाथि नियन्त्रण गुमाएपछि दुर्घटना भएको बताइएको छ ।

विश्वको सडक दुर्घटनाबाट हुने मृत्युको लगभग एक चौथाइ हिस्सा अफ्रिकामा रहेको छ । केही समयअघि पनि मालीमा सडक दुर्घटना भएको थियो । सो दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्