Logo

अफगानिस्तानको कुन्दुजमा बाह्र हजार परिवार पुनः स्थापित



कुन्दुज, (अफगानिस्तान), १६ फागुन । उत्तरी अफगानिस्तानको कुन्दुज प्रान्तमा एक बर्षमा विस्थापित करिब १२ हजार शरणार्थी परिवारहरूलाई पुनः स्थापित गरिएको अफगानी शरणार्थीमामिला व्यवस्थापनका लागि स्थापित प्रान्तीय कार्यालयले जनाएको छ ।

विगत एक वर्षमा करिब १२ हजार परिवारहरूलाई कुन्दुजमा पुनः स्थापना गरिएको उक्त कार्यालयका प्रमुख मावलवी अब्दुल वली मोहम्मदीले बताएका हुन् । उनका अनुसार विभिन्न देशहरूबाट फर्केका पूर्व शरणार्थीहरूमध्ये अधिकांश इरान र पाकिस्तानबाट फर्केका अफगानी नागरिक हुन् ।

स्थानीय अधिकारीको सहायता निकायसँगको समन्वयमा दुई हजार परिवारलाई नगद, खाना र कपडासहित सहयोग गरेको उनले बताए ।फर्केका मानिसहरूलाई घर निर्माणका लागि थप आपूर्ति र जग्गा उपलब्ध गराउने प्रयास भइरहेको सरकारी अधिकारीले बताएका छन् ।

गत वर्ष करिब दश लाख अफगान शरणार्थीहरू फर्केका थिए र उनीहरूमध्ये अधिकांश छिमेकी पाकिस्तान र इरानबाट फर्केका थिए ।

अफगान कार्यवाहक सरकारले विदेशमा बसोबास गर्ने अफगान शरणार्थीहरूलाई घर फर्कन र आफ्नो मातृभूमिको पुनः र्निर्माणमा योगदान गर्न प्रोत्साहित गरेको मोहम्मदीले बताए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot