Logo

टी–२० त्रिदेशीय क्रिकेट शृङ्खला : आज नामिबिया र नेदरल्यान्ड्स भिड्दै



काठमाण्डौं, फागुन १७ । टी–२० त्रिदेशीय क्रिकेट शृङ्खलाको तेस्रो खेलमा आज नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । आजको खेल अहिले बिहान साढे ११ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ । त्रिदेशीय शृङ्खलामा नेपालसहित नेदरल्यान्ड्स र नामिबिया रहेका छन् ।

नेदरल्यान्ड्स र नामिबिया आज आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । यसअघि दुवै देशले नेपालसँग खेलिसकेका छन् । नेपाल पहिलो खेलमा अस्ति नामिबियासँग २० रनले पराजित भएको थियो भने दोस्रो खेलमा हिजो नेदरल्यान्ड्ससँग दुई रनले हारेको थियो ।

यसअघि लिग–२ अन्तर्गत भएका चार खेलमध्ये नेपाल दुई वटा खेलमा नामिबियासँग हारेको थियो । त्यस्तै एउटा खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो भने एउटा खेलमा हार ब्यहोरेको थियो ।



प्रतिक्रिया दिनुहोस्