Logo

आज चार वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका विषय



काठमाडौं, फागुन १७ । आज चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत अहिले बिहान ८ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा फालामे छडको कच्चा पदार्थको रुपमा रहेको स्पञ्ज आइरन र विलेट्स बीच भन्सार महसुल एवं अन्तशुल्कका सम्बन्धमा समितिको मिति २०७०।३।६ गतेको निर्णय कार्यान्वयन सम्बन्धमा छलफल हुदैछ ।
त्यस्तै, बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजश्‍व अनुसन्धान विभागको कामकारवाही सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

बिहान ११ः३० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा निर्वाचन क्षेत्र जोड्ने रणनैतिक सडक लगायतका विषयमा छलफल हुँदैछ भने दिउँसो १ बजे बस्ने शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुने संघीय संसद् सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्