Logo

प्रचण्डलाई पार्टीमा लिखित रुपमै च्यालेञ्ज गरेका जनार्दनको स्पष्टोक्ति : अविचलित रुपमा अगाडि बढ्नुको विकल्प छैन



काठमाडौं, १७ फागुन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले आफूले स्थायी कमिटी बैठकमा पार्टी सुधारको लागि भनेर नै फरक मत राखेको स्पष्ट पारेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहालमाथि परिवारवादको आरोप लगाएका शर्माले आज (बिहीबार) फेशबुकमार्फत आफूले राखेको धारणाको बचाउ गरेका छन् ।

उनले संस्थागत हितका लागि ती विषय उठान गरेको पनि जिकिर गरेका छन् । उनले आफूहरुसँग बलिदानको धरोहर सहिद, घाइते, अपाङप्रतिको जिम्मेवारी, उपलब्धिको रक्षा र दायित्व रहेकोले अविचिलत रुपमा अगाडि बढ्नुको विकल्प नभएको पनि स्पष्ट पारेका छन् । उनले फेशबुकमा लेखेका छन्-

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को भर्खरै सम्पन्न स्थायी समिति बैठकमा केही महत्वपूर्ण सवालबारे पार्टी सुधारको पक्षमा ब्यक्तिगत धारणा राख्नुपर्ने आवश्यकता ठहर गरि मैले संस्थागत हितका लागि विषय उठान गरेको हु।
खासगरी पार्टीको विधान सम्मेलनबाट निर्मित विधान नथन्कियोस् , सो अनुरुप कार्यान्वयन, गुणात्मक सुधार सहितको बलियो पार्टी निर्माण गर्न आन्तरिक जनवाद सहित नेता , कार्यकर्ताको न्यायोचित र पूर्वाग्रह रहित कार्यविभाजन हुनु पर्छ भन्नेमा जोड दिने कुरा पार्टीलाई बलियो बनाउने कुरा हो। हामि संग बलिदानको धरोहर सहिद, घाइते, अपांग प्रतिको जिम्मेबारी उपलब्धिको रक्षा र दायित्व रहेकोले अविचलित रुपमा अगाडि बढ्नुको बिकल्प छैन ।
file photo



प्रतिक्रिया दिनुहोस्