Logo

लुम्बिनी प्रदेश : आज हिउँदे अघिबेशनको पहिलो बैठक बस्दै



काठमाडौं, फागुन १८ । लुम्बिनी प्रदेशको हिउँदे अघिबेशनको पहिलो बैठक आज बस्दैछ । तेस्रो प्रदेश अधिवेशनका लागि गरेको आह्वान अनुसार आज दिउँसो बैठक बस्न लागेको हो । लुम्बिनी प्रदेशसभाको बैठक गत भदौ २६ देखी वस्न सकेको थिएन ।

प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार आजको बैठकमा हिउँदे अधिवेसनमा स्थानीय तहको निजामती कर्मचारी विधेयक लगायत चार वटा विधेयक दर्ताको तयारी रहेको छ । लामो समयसम्म बैठक बस्न नसक्दा प्रदेशसभा सदस्यहरु काम बिहिन बनेका थिए । दुई वटा अधिवेसनमा ३५ वटा बैठक सम्पन्न भएका थिए । ५७ घण्टा ३३ मिनेट छलफल हुदा प्रदेशसभाले मुल विधेयक एउटासहित जम्मा चार वटा विधेयक पारित गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्