Logo

एमालेमा जाने हल्ला चलेको बेलामा खगराजले भने–साधारण सदस्य रहेसम्म माओवादी छाड्दिनँ



काठमाडौं, १८ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता खगराज भट्टले साधारण सदस्य कायम रहेसम्म आफूले पार्टी नछोड्ने बताएका छन् । स्थायी कमिटीको हालैको बैठकबाट जिम्मेवारी खोसिएका भट्ट यसअघि पार्टी त्यागेर एमालेमा जाने चर्चा थियो ।

भट्टले पार्टी छोड्ने कुरा हल्लामात्रै भएको र त्यसमा एक प्रतिशत पनि सत्यता नभएको जिकिर गरे । रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा उनले आफूले साधारण सदस्य कायम रहँदासम्म माओवादी छोड्ने कुरा सोच्न पनि नसक्ने बताएका हुन् ।

जिम्मेवारीबाट मुक्त बनाइएपछि उनले आफ्नो ३४ वर्ष लामो राजनीतिक करियर सिध्याउने षड्यन्त्र भएको भन्दै स्थायी कमिटीको निर्णय स्विकार्य नभएको चेतावनी दिएका थिए । उनले फेशबुकमा लेखेका थिए–‘सुदूरपश्चिमको पार्टी सिध्याउने र मेरो ३४ बर्ष को राजनीतिक जीवन समाप्त पार्ने डिजाइन अस्वीकार्य छ।’ file photo



प्रतिक्रिया दिनुहोस्