Logo

हातमा साङ्लो बाँधेर सांकेतिक प्रदर्शनमा उत्रिए मिटरब्याज पीडितहरु (फोटोफिचर)



काठमाडौं, १८ फागुन । मिटरब्याज पीडितहरुले हातमा साङ्लो बाँधेर सांकेतिक प्रदर्शन गरेका छन् । आज (शुक्रबार) पनि उनीहरुले प्रदर्शनलाई निरन्तरता दिएका हुन् । उनीहरु २३ दिन पैदल हिँडेर गत फागुन ९ गते काठमाडौं आइपुगेका थिए । मिटरब्याज पीडित र सरकारबीच यसअघि पटक–पटक वार्ताको प्रयास भएपनि वार्ता ठोस निश्कर्षमा पुग्न सकेको छैन ।

फर्जी लिखत, तमसुक, दृष्टिबन्धक, छिनुवा, चेक सम्पूर्णलाई अवैध घोषणा गर्नुपर्ने, साहुले जफत गरेका सम्पूर्ण सम्पत्ति फिर्ता गर्नुपर्ने र अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नुपर्ने मिटरब्याज पीडितहरुको माग छ । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्