Logo

त्रिदेशीय टी–२० क्रिकेट : आज नेदरल्यान्ड्स र नामिबिया खेल्दै



काठमाडौं, फागुन २० । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा पुग्न आज नेदरल्यान्ड्स र नामिबिया खेल्दैछन् । खेल बिहान साढे ११ बजे कीर्तिपुर मैदानमा शुरु हुनेछ । आज नेदरल्यान्ड्सले जितेमा फाइनलमा पुग्नेछ तर नामिबियालाई फाइनलमा पुग्न आज सामान्य जितले मात्रै पुग्ने अवस्था छैन । नामिबियाले ठूलो अन्तरले जितेमा नेदरल्याण्डस् रनरेटका आधारमा बाहिरिन्छ । हिजो भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै फाइनलमा पुगिसकेको छ ।

शुरुको दुई खेलमा लगातार हारेको नेपाल पछिल्ला दुई खेल जितेर फाइनलमा पुगेको हो । नेपाल ४ खेलमा ४ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । समान ४ अङ्क रहेको नेदरल्यान्ड्स पहिलो र नामिबिया २ अङकसहित तेस्रो स्थानमा छ । फाइनल खेल पर्सि मंगलवार हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot