काठमाडौं, फागुन २२ । मन्त्रालयको भागबन्डा टुङ्गो लगाउन आज नयाँ सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने कार्यदलको बैठकमा मन्त्रालयको भागबन्डाका विषयमा छलफल हुनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार कांग्रेससहितको गठबन्धन तोडेर पुराना सबै मन्त्रीहरूलाई बर्खास्त गरेर ४ सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् । सोमबार एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डीपी अर्यालले विना विभागीय मन्त्रीकारुपमा शपथग्रहण गरेका छन् ।
मन्त्रीहरूको बाँडफाँडका लागि बनाइएको कार्यदलमा नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले र जसपाका नेता राजेन्द्र श्रेष्ठ छन् ।