Logo

प्रचण्डले विदेशीको इशारामा गठबन्धन फेरेको सिके राउतको आरोप, प्रचण्डको तर्क लाजमर्दो



काठमाडौं, २४ फागुन । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्री पुष्पकमल दाहालले दम्भ देखाएको आरोप लगाएका छन् । उनले प्रचण्डले विदेशीको इशारामा गठबन्धन फेरेको आरोप लगाएका छन् ।

आज (बिहीबार) प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘बरु भ्यागुतोलाई समातेर जोख्न सजिलो होला तर अहिलेको सम्मानननीय प्रधानमन्त्रीलाई त्यति कमसल नठान्नुहोला, कतिखेर कुन विदेशीले धाप मारिदिन्छ, कता बुर्लुक्क उफ्रिनुहुन्छ थाहै हुँदैन ।’

राउतले गठबन्धन किन फेरियो भनेर प्रचण्डले दिएको अभिव्यक्ति लाजमर्दो रहेको पनि टिप्पणी गरे । उनले भने,‘एउटा दुईवटा कुर्सी नमिलेर, राष्ट्रियसभा चुनावमा भोट नआएर पो रहेछ’, उनले भने, ‘सैद्धान्तिक धरातलमा टेकेर हुँदै रहेछ भन्ने लागेको थियो, एउटा दुईवटा कुर्सीमा नमिलेर पो रहेछ ।’ Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्