काठमाडौं, २४ फागुन । जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुने निर्णय गरेसँगै मन्त्रीहरुको नाम पनि पठाएको छ । जसपाको कार्यकारिणी समितिको बैठक बसेर आज साँझ अबेर मन्त्रीहरुको नाम प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष पठाएको हो ।
जसअनुसार अध्यक्ष उपेन्द्र यादव आँफै उपप्रधानमन्त्रीसहित स्वास्थ्य मन्त्रालयको नेतृत्व गरेर सरकारमा जाने भएका हुन् । यस्तै, वन तथा वातावरण मन्त्रालयमा भने सप्तरीबाट निर्वाचित सांसद नवलकिशोर साह सुडी जाने भएका छन् ।
जसपाले पाएको एक राज्यमन्त्रीमा दीपक कार्की जाने निधो भएको छ । उनी स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारीमा रहनेछन् । जसपापनि सरकारमा जाने भएपनि प्रधानमन्त्री दाहाल नेतृत्वको सरकार स्पष्ट बहुमतमा पुगेको छ ।