Logo

महाशिवरात्री : पशुपतिमा भक्तजनको भीड (फोटोफिचर)



काठमाडौं, २० फागुन । महाशिवरात्रीका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ।

पर्वका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। बिहानैदेखि लाखौं भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शनका लागि लाममा बसेका छन्। आज पशुपति मूल मन्दिर प्रवेशका लागि बाहिरबाट तीन मूल मन्दिर परिसरमा प्रवेश गरेपछि चार लाइनको व्यवस्था गरिएको छ।

कोषका अनुसार गुहेश्वरी–गौरीघाट, उमाकुण्ड-दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, मित्रपार्क-जयवागेश्वरी-ईंटापाखा भएर भुवनेश्वरी स्थित फलामको सानो ढोकाहुँदै पश्चिम ढोकाबाट एक लाइन, बत्तिसपुतली-गौशाला, पिङ्गलास्थान-सुमार्गी भवन अगाडिबाट चार शिवालय-पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट एक लाइन र एअरपोर्ट-तीलगङ्गा भएर राममन्दिर हुँदै वागमती पूर्व तर्फबाट एक लाइन गरी बाहिरी रुपमा चार स्थानबाट दर्शन लाइनहरुको व्यवस्था गरेको छ ।

ज्येष्ठ नागरिक र अशक्तले भने पशुपतिनाथ मन्दिरमा दर्शन गर्न लाइनमा बस्नु नपर्ने गरी व्यवस्था मिलाइएको छ। दर्शनका लागि कुनै पनि किसिमका पासको व्यवस्था नगरिएकाले अन्य सबैले लाइन बसेरै दर्शन गर्नुपर्ने छ।

फोटोः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot