Logo

वरियताको विषयमा कुनै आपत्ति नरहेको उपेन्द्र यादवको स्पष्टोक्ति, सम्हाले जिम्मेवारी



काठमाडौं, २७ फागुन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवम् स्वास्थ्यमन्त्री बनेर प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएका छन् । यसअघि वरियतामा आफूलाई माथि राख्नुपर्ने उनको माग थियो ।

तर, अहिले वरियतामा रघुवीर महासेठ, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेभन्दापनि तल बसेर यादवले स्वास्थ्य मन्त्रालयमा दोस्रो ईनिङ्स सुरु गरेका छन् । सो क्रममा उनले आफू जनताको सेवाको लागि सरकारमा आएको भन्दै वरियताले आफूलाई कुनै फरक नपार्ने स्पष्ट पारे ।

शितलनिवासमा पथ तथा गोपनियताको शपथ खाएलगत्तै रामशाहपथस्थित् मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा यसतो बताएका हुन् । उनले भने,‘म ग्रासरुटमा बसेर काम गर्ने मान्छेलाई यस्ता कुराको वास्ता हुँदैन, जनताको सेवा गर्ने हो, त्यस्ता कुरामा ध्यान दिएर साध्य छैन् ।’

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्