Logo

प्रचण्डले धोका दिएको एक सातापछि महत फायर, पोखे यस्तो आक्रोश



काठमाडौं, २९ फागुन । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले प्रधानमन्त्रीले पुष्पकमल दाहालले विभिन्न बहानामा आफुहरुलाई धोका दिएको भनेर आक्रोश पोखेका छन् । उनले प्रधानमन्त्री दाहालले आफ्नो दलसँगको सहकार्य तोड्दा दिएको तर्कमा कुनै सत्यता नभएको टिप्पणी गरे ।

बरु, दाहालले जनताले दिएको म्यान्डेट लत्याएको महतको आरोप छ । महत प्रचण्ड नेतृत्वको सरकारमा अर्थमन्त्रीको जिम्मेवारीमा थिए । प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग सहकार्य गरेर अघि बढेको एक साता बितेपछि महतले आज आक्रोश पोखेका हुन् ।

पार्टी कार्यालय, सानेपामा विशेष पत्रकार सम्मेलन गर्दै उनले प्रधानमन्त्री दाहालले कांग्रेस महासमिति बैठकमा प्रस्तुत प्रस्ताव र कोसी प्रदेशका बहानामा धोका दिएको आरोप लगाएका हुन् । महतले भने, ‘प्रचण्डले नेपाली कांग्रेससँगको सहकार्य, जनतासामु गरेको प्रतिबद्धता र जनताले दिएको म्यान्डेट लत्त्याउनुभएको छ । कांग्रेसले केन्द्रीय कार्यसमिति र कार्यसम्पादन बैठक गरेर प्रचण्डमाथि विश्वासघात र बेइमानीको संज्ञा दिइसकेका छौँ

उनले आफूहरुले केन्द्रीय कार्यसमितिको बैठक राखेर नै प्रचण्डलाई बेइमान राजनीतिज्ञको संज्ञा दिइसकेको चर्चा गरे । महतले थपे, ‘नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र कार्यसम्पादन बैठक गरेर प्रचण्डमाथि विश्वासघात र बेइमानीको संज्ञा दिइसकेका छौँ । प्रधानमन्त्रीले पुष्पकमल दाहालले सदनमा बोल्दै गर्दा कांग्रेस महासमिति बैठकका कुरा, कोसीका कुरा गर्नुभएको थियो । यो सब बहानाबाजी थियो । यही आम निर्वाचनपछि पनि तीन पटक गठबन्धन परिवर्तन गर्नुभएको छ । उहाँको प्रवृत्तिजन्य निर्णय सिवाय केही होइन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot