काठमाडौं, २ चैत्र । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सुन तस्करीसम्बन्धी छानबिन गर्न बनेको तत्कालिन ईश्वर पौडेल नेतृत्वको छानबिन समितिको प्रतिवेदन ०७५ सालको सरकारले गायब बनाएजस्तै अहिलेको छानबिन समितिको प्रतिवेदनपनि गायब नहोस भनेर सदनको ध्यानाकार्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भने,‘देश तस्कर र शक्तिशालीहरुको लुटको महाजालोमा फसेको छ । साँढे तेत्तिस केजी सुन तस्करीबारे छानबिन समिति, इश्वर पौडेलको अध्यक्षतामा जुन गठन भएको थियो, त्यसले ७५२ को पेजको प्रतिवेदन थियो, त्यो गायब गरिएको छ । अहिले पनि ४८५ पेजको प्रतिवेदन आएको छ, यो पनि हराउने काम नहोस । जो दोषी छन्, जो संलग्न छन्, तिनीहरुमाथि सम्पूर्ण रुपले कारबाही होस ।’ उनले देशकै आजसम्मको सबभन्दा ठूलो भ्रष्टाचार काण्ड एनसेल काण्डको प्रतिवेदनपनि सार्वजनिक गर्न माग गरे ।