Logo

सीआईबीको प्रमुखमा एआईजी श्यामलाल ज्ञवालीलाई पठाउने सरकारको निर्णय



काठमाडौं,२ चैत । सरकारले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रमुखमा एआईजी श्यामलाल ज्ञवालीलाई पठाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई सिआइबीको प्रमुख र किरण बज्राचार्यलाई कार्यविभाग प्रमुखमा सरुवा गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बज्राचार्यलाई कुनै कारबाहीका लागि नभई सरुवा मात्रै गरिएको बताइन्।

‘नयाँ सीआईबी प्रमुख पठाउँदा सुन तस्करीको प्रतिवेदन कार्यान्वयमा पनि सजिलो हुन्छ भन्ने निष्कर्ष सरकारको हो’, उनले भनिन्, ‘हामीले कसैलाई कारबाही या पुरस्कार भनेर सरुवा गरेका होइन। यो सरकारले गर्ने नियमित काम हो।’

सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले त्रुटि औंल्याएपछि बज्राचार्यलाई केन्द्रीय अनुसन्धान ब्युरो प्रमुखबाट हटाइएको हो। 



प्रतिक्रिया दिनुहोस्

Screenshot