Logo

प्रेम प्रस्ताव अस्वीकार गर्दा सुष्माको हत्या भएको प्रहरीको निष्कर्ष



काठमाडौं,४ चैत । गत फागुन २४ गते मृत भेटिएकी काठमाडौंको गोकर्णेश्वर नगरपालिका तारेभिरकी सुष्मा लामाको हत्या भएको खुलेको छ । प्रहरीले आज उनको हत्यामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा उनकै छिमेकी २१ वर्षका रुपेन्द्र लामा रहेका छन् । १८ वर्षकी सुष्मालाई रुपेन्द्रले मन पराउने र प्रेम प्रस्ताव गर्दा सुष्माले अस्वीकार गरेपछि हत्या गरेको खुलेको छ। रुपेन्द्रले सुष्मालाई ८ महिना पहिलेदेखि मन पराउने गरेको र प्रेम प्रस्ताव गर्दा सुष्माले अस्वीकार गरेको खुलेको छ।

बूढानीलकण्ठ उच्च माविमा कक्षा–१२ मा अध्ययनरत १८ वर्षीया सुष्माको शव प्रहरीले गएको फागुन २४ गते शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रको तारेभीरमा जंगलमा फेला पारेको थियो ।

घटनामा पक्राउ परेका रुपेन्द्रले सुष्मालाई एकतर्फी रुपमा मन पराउने गरेको खुलेको प्रहरीको भनाई छ । रुपेन्द्रले राखेको प्रेम प्रस्ताव सुष्माले अस्वीकार गरेपछि आक्रोशमा आएर उनले हत्या गरेको स्वीकार गरेका छन् । झण्डै ८ महिनासम्म एकोहोरो प्रेम गरेका रुपेन्द्रले ८ दिनसम्म लगातार बाटो ढुकेर उनको हत्या गरेको प्रहरीको भनाइ छ ।

रुपेन्द्रले राखेको प्रेम प्रस्ताव सुष्माले विदेश जाने भन्दै प्रस्ताव इन्कार गरिदिन्छिन्। त्यसपछि उपेन्द्रले सुष्माको पछाडिबाट घाँटी थिचि अचेत बनाइ तल जंगलतिर लगी  टाइ र जुत्ताको तुनाले घाँटीमा कसेको र हातले उनको कम्मर पेटीले बाँधी पुरेका थिए।

हत्यापछि लामाले  सुष्माको मोबाइल र किताब लगेर गएका थिए। फागुन २३ गते गुगलबाट अर्कैको बेहुला बेहुलीको फोटो डाउनलोड गरी त्यसलाई इडिट गरी ‘सरी सबैलाई म तीन दिनपछि आउँछु’ भन्दै सुष्माको फेसबुक वालमा पोस्ट गरेका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot