Logo

रवि लामिछानेलाई लक्षित गर्दै गगनले भने, ‘सहकारी ठगीका प्रमाण प्रहरीसँग छ, नास नहोस्’



काठमाडौं, ५ फागुन । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले सहकारी ठगी प्रकरणमा पीडितले प्रहरीलाई बुझाएको प्रमाण नष्ट हुनसक्ने आशंका व्यक्त गरेका छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले उक्त प्रमाण सुरक्षित हुनुपर्ने बताए ।

साथै नेता थापाले जो सहकारी ठगी प्रकरणमा मुछिएको छ उसैले निश्पक्ष छानविन गर्छ भन्नेमा आफूलाई विश्वास नरहेको बताए । साथै, गृहमन्त्री रवि लामिछाने पोखराको सहकारी ठगी प्रकरणमा जोडिएको उनको दाबी छ । लामिछानेले उक्त सहकारीमा नक्कली खाता खोलेर ठगी गरेको नेता थापाले दाबी गरे । उनले विवादित मन्त्रीका बारेमा प्रधानमन्त्रीको जवाफ माग गरे ।

‘सहकारीमा जसले ठगी गरेको छ, निश्पक्ष ढंगले अनुसन्धान होस् । कुनै एउटा प्रमाण नास नहोस् । एउटा पनि प्रमाण नष्ट नहोस् । अहिले प्रमाणहरु छ, प्रहरीसँगै छ । पीडितहरुले जम्मा गरेर प्रमाण दिएका छन् । जो मुछिएको छ, उ आफैंले अनुसन्धान गर्छ भनेर हामीले कसरी पत्याउने ? प्रधानमन्त्रीबाट हामीलाई जवाफ चाहिएको छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot