Logo

पूर्वबैंकर राजेश श्रेष्ठले बिचल्ली पारेको भन्दै श्रीमती र छोरी मिडियामा (भिडिओसहित)



काठमाडौं, ५ फागुन । ठमेलकी बिमला थापाले आफूहरुलाई श्रीमानले घरबाट निकाला गरेको बताएकी छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले श्रीमान राजेश श्रेष्ठले अर्को विवाह गरी आफूहरुलाई घरबाट निकाला गरेको बताएकी हुन् । पूर्व बैंकरसमेत रहेका राजेशले आफू र बालबच्चालाई बिचल्ली पारेको उनले बताईन् । श्रीमानले घर निकाला गरेसँगै अहिले छोराछोरीको लालनपालनमा समेत समस्या भएको उनले बताईन् ।

साथै, आफ्नी छोरी जेनी श्रेष्ठको मृगौला प्रत्यारोपण गरेको उनले बताईन् । मृगौला प्रत्यारोपणका क्रममा समेत श्रीमानले सहयोग नगरेको उनको भनाइ छ । उनले अहिले जेनीलाई औषधि उपचारका लागि पैसाको अभाव रहेको उनले बताईन् ।

राजेशले कान्छी श्रीमती शुभलक्ष्मी रञ्जितकारसँग मिलेर करोडौंको शेयरसमेत बिक्री गरेको उनको आरोप छ । राजेश पूर्व बैंकर रहेको उनले बताईन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot