Logo

मानव कल्याण मित्र मञ्चले छैठौं वार्षिकोत्सव काठमाडौंमा मनाउने



काठमाडौं, ७ चैत । मानव कल्याण मित्र मञ्च नेपालले आफ्नो छैठौं स्थापना दिवस काठमाडौंमा मनाउने भएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै मञ्चले अगामी चैत ९ गते नयाँ बानेश्वरको इन्द्रेणी बैंक्वेटमा छैठौं स्थापना दिवस मनाउने तयारी रहेको जानकारी गराएको हो ।

प्रतिनिधि सभाकी सभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यमा स्थापना दिवस मनाउन लागिएको मञ्चका संरक्षक पुरुषोत्तम भट्टराईले बताए ।

संरक्षक भट्टराईले संस्थाले स्थापना कालदेखिनै मानवीय सेवामा काम गरिरहेको बताए । उनले सन् १९९० देखि संस्थाले भारतमा हराएका, बेचिएका, विभिन्न समस्यामा परेका नेपालीलाई उद्धार र संरक्षण गर्दै आएको बताए ।

मानव कल्याण मित्र मञ्चका दुर्गा प्रसाद अर्यालले संस्थाले लामो समय मानवता, मित्रता र शान्तिको मार्गमा काम गरिरहेको बताए । आफूहरुले नेपालमा २०७५ देखि संस्था स्थापना गरी मानवीय सेवामा योगदान गरिरहेको बताए ।



प्रतिक्रिया दिनुहोस्