Logo

सुनकोशी नदीमा हराइरहेका बालबालिका खोज्न गोताखोर परिचालन



काठमाण्डौं, चैत १२ । सुनकोशी नदीमा बेपत्ता भएका उदयपुरको त्रियुगा नगरपालिका– १४ साउनेका तीन बालबालिकाको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

होली खेलेर नुहाउने क्रममा हिजो दिउँसोदेखि बेपत्ता भएका बालबालिका खोज्न सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार नदीमा बेपत्ता बालबालिकाको खोजीमा नौ जना गोताखोर सहितको टोलीले परिचालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेपत्ता हुनेहरुमा त्रियुगा –१४ साउनेका ११ वर्षीया रेखा मगर, ८ वर्षीय लोकबहादुर मगर र ७ वर्षीय रिदम मगर छन । उनीहरू त्रियुगा नगरपालिका–१४ धाप्लाङ भन्ने ठाउँबाट बेपत्ता भएका हुन् । होली खेलेपछि पौडी खेल्न भन्दै उनीहरू सुनकोशी नदीमा पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्