Logo

लोकसभा निर्वाचन लड्दै अभिनेत्री कंगना



काठमाडौं, चैत १२। बलिउड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । भारतीय जनता पार्टीले कंगनालाई गृहप्रदेश हिमाचल प्रदेशको मंडी लोकसभा निर्वाचनमा टिकट दिएको हो ।

टिकट पाएपछि कंगनाले प्रतिक्रिया दिँदै पार्टीमा औपचारिक रुपमा सामेल हुन पाउँदा आफू सम्मानित र उत्साहित भएको बताएकी छन् । कंगनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्धाहरुमा सामाजिक संजाल तथा सार्बजनिक रुपमै भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीको कडा समर्थन गर्दै आएकी छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot