Logo

मेटमणिको खुलासा, ‘केपी ओली जसपा र नेकपा (एस) ले सरकार ढालोस् भन्ने चाहनु हुन्छ’



काठमाडौं, १३ चैत । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी ओलीकै कारण सरकार ढल्ने दाबी गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमाले अध्यक्ष ओलीले अहिले जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादीले सरकार ढालोस् भन्ने चाहेपनि त्यो सम्भव नभएपछि ओली आफैं लागिपर्ने बताएका हुन् ।

‘अब हामीले सरकार ढाल्नै परेन, आफैं ढल्छ । केपी ओलीलाई पनि धेरै पटक प्रचण्डले धोका दिनुभएको छ । कहिले सरकार ढाल्न सकिन्छ भनेर ढुकेर नेपाली कांग्रेस बसिरहेको छ । यो सरकार हामीले नचाहँदा पनि जाने नै हो । हाम्रो कारणले ढल्दैन ।’ उनले भने, ‘यो सरकार स्वयं प्रचण्ड, केपी कमरेडको कारणले ढल्छ । सकभर एकीकृत समाजवादी र जसपाले सरकार ढाल्दिए हुन्थ्यो भन्ने उहाँ (केपी ओली) लाई लागेको छ । तर, हामी चुपचाप बस्दा केपी कमरेडलाई छट्पटी हुन्छ । उहाँ आफैं सरकार ढाल्न लाग्नुहुन्छ ।’

एकीकृत समाजवादीलाई ‘सधैं कांग्रेसको पछि लाग्छ, कम्युनिष्ट पार्टी सरकारमा हुँदा बाहिरिन्छ’ भन्ने आरोप लागेकाले आफूहरु सरकारमा सहभागी भएको उनले बताए । आफूहरुलाई यो सरकार टिक्छ भन्ने नलागेको उनले बताए । प्रचण्डको अस्थिर, एक ठाउँमा र एउटासँग मिलेर आनन्दले बस्न नसक्ने क्यारेक्टरका कारण पनि यो सरकार ढल्ने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्