Logo

एनसेल कम्पनीको विबाद र नेपालमा हुन सक्ने विदेशी लगानी घट्ने जोखिम



प्रा. डा. गान्धी पंडित/बरिष्ठ अधिवक्ता
नेपालमा स्थापित दूरसञ्चार सेवा प्रदायक कम्पनी ऐनसेलमा ८० प्रतिशत लगानी गर्ने कम्पनी रोनाल्ड होल्डिसमा रहेको शेयर खरिद विक्री कारोवारको बिषयलाई नेपाली छापा र मेडियमा निकै चासोका साथ हेरेका छन । किट्स आईल्याण्डमा दर्ता भएको रोनाल्ड होल्डिस कम्पनीको १०० प्रतिशत शेयरको स्वामित्व बेलायतमा दर्ता भएको एक्जाटिय युके रहेकोछ । के रोनाल्ड होल्डिसमा रहेको आफ्नो सवै शेयर एक्जेटिया युकेले बेलायतमा दर्ता भएको अर्को कम्पनी स्पेक्ट्रलाइटलाई विक्री गरेको कारोबारका सम्बन्धमा नेपाल कानून अनुसार नेपाल दुरसंचार कम्पनीसंग अनुमती लिनु पर्ने वा नपर्ने भन्ने कुरा नै सवैको चासोको बिषय बन्न पुगेकोछ.।

यो आलेखमा विदेसमा दर्ता भएको रोनाल्ड होल्डिसको शेयर कारोवार नेपाली कानूनको दायारमा पर्दछ पर्दैन, युकेमा दर्ता भएको स्पेक्ट्रलाइटले रोनाल्ड होल्डिसको शेयर एक्जेटियाबाट पाचसय मिलियन डलरमा किन्न पाउने कि नपाउने, त्यसरी खरिद बिक्री गर्दा खरिदकर्ता र विक्रीकर्ता दुवैले नेपालको नियामक निकायको स्वीकृती लिनु पर्ने वा नपर्ने, एक्जिटियले आफुले २०१६ मा खरिद गरेको मु्ल्य भन्दा कम मुल्य कायम गरी बिक्री गरेमा त्यस्तो कारोबारमा नेपाली कानून आक्रशित हुने नहुने तथा एक्जेटियाले रोनाल्ड होल्डिसमा गरेको लगानी विक्री गरी बाहिरिदा नेपालको कर, लागनी र लाईसेन्स सम्बन्धी कानूनको कारणबाट नै लगानी फिर्ता गरेको भनी दिएको विज्ञप्तीले नेपालमा हुने विदेशी लगानीमा कस्तो प्रभाव पर्न जान्छ भन्ने बिषयमा बिश्लेषण गर्न खोजिएकोछ ।

बिदेशी लगानीकर्ताले नेपालमा लगानी गरी उद्योग व्यवसाय गर्दा नेपाली नियम कानूनको पालन गर्नै पर्दछ । कर दस्तुर नतरी वा क्यापिटल गेन कर वा कर छल्न पाउने अवस्था हुनु हुदैन । त्यस्तो कर दस्तुर छली गर्ने कार्य गरेको पाईएमा सजायको भागी हुनै पर्दछ । तर बिदेशी लगानीकर्ता हो भन्दैमा कानूनको अपव्याख्या गरी दुःख दिने कार्य गरेमा विदेशी लगानीकर्ता नेपालमा आउन निरुसाहित हुन पुग्दछन । यस बिषयमा नेपाल बढी संवेदनसिल हुनु पर्दछ । ऐनसेलको बिषयमा यसलाई निरुत्साहित गर्ने खोजिएको त होईन भन्ने प्रश्न उठेको छ ।


ऐनसल कस्तो कम्पनी हो?
ऐनसेल बिदेशी लगानी रहेको कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको दूरसञ्चार सेवा प्रदान गर्ने पव्लिक लिमिटेड नेपाली कम्पनी हो । एनसेलमा सेन्ट किट्समा दर्ता भएको रोनाल्ड होल्डिस लिमिटेडको ८० प्रतिशत विदेशी शेयर लगानी रहेकोछ भने नेपाली सुनिभेरा क्यापिटल भेन्चर प्रा लिको २० प्रतिशत मात्र लगानी रहेकोछ ।
रोनाल्ड होल्डिस लिमिटेड
यो कम्पनी नेपालको दुरसंचार सेवा प्रदायक कम्पनीको शेयर खरिद गर्ने भनी सेन्ट किट्स तथा निभिस आईल्याण्डमा दर्ता भएको प्रा ली विदशी कम्पनी ( अफ सोर कम्पनी ) हो । यसको सुरुको शेयरहोल्डर कम्पनी भनेको टेली सोनरिया हो जसाबाट एक्जिटिय युकेले २०१६ मा रोनाल्ड होल्डिसमा रहेको १०० प्रतिशत शेयर खरिद गरेको हो । हाल यस कम्पनीले ऐनसेलको ८० प्रतिशत सेयर स्वामित्व ग्रहण गरेकोछ । यो कम्पनीले ऐनसेलको ८० प्रतिशत शेयर स्वामित्व ग्रहण गर्ने बाहेक अन्य कारोबार गरेको देखिदैन।

ऐक्जिटिया कम्पनी यु के
ऐक्जिटिया यु के कम्पनी भनेको बेलायतमा दर्ता भएको ऐक्जिटिया मलेशियाको साहयक कम्पनी हो । नोभेम्बर २०२३ कि दिनसम्म रोनाल्ड होल्डिस कम्पनीमा ऐक्जिटिया कम्पनी युके को १०० प्रतिशत शेयर स्वामित्व रहेको अवस्था छ जुन शेयर हाल मात्र स्पेक्ट्रलाइट यु के लाई बिक्री गरेको अवस्था छ । तसर्थ ऐक्जिटियाले रोनाल्ड होल्डिस मार्फत अप्रतक्ष्य रूपमा ऐनसेलको संचालनमा नियन्तरण गरेको देखिन्छ । तर प्रतक्ष्य रुपमा भने एक्जिटिया एनसेलको शेयर होल्डर छैन ।

स्पेक्ट्रलाइट यु के ?
स्पेक्ट्रलाइट यु के कम्पनी बेलायतमा दर्ता भएको लिमिटेड कम्पनी हो, जसमा नेपाली मुलका गैर आवसिय नेपाली नागरिकको लगानी रहेको छ । यही कम्पनीले सेन्ट किट्स भन्ने देशमा दर्ता भएको रेनोल्ड होल्डिन्स लिमिटडको १००% शेयर खरिदसम्म गरेको हो। स्पेक्ट्रलाइट यु केले आजका दिनसम्म प्रत्यक्षरुपमा नेपालमा दर्ता भएको ऐनसेल कम्पनीको शेयर खरिद गरेकै छैन जसको पुष्टी कम्पनी रजिष्ट्रारले लेखा समितिलाई लेखेको पत्रबाट पुष्टी हुन्छ ।

ऐनसेलमा रोनाल्ड होल्डिङको रहेको लगानीका सम्बन्धमा दुरसंचार ऐेन मा के व्यवस्था छ ?
दुरसंचार ऐेन बमोजिम दुरसंचार सेवा संचालन गर्ने भनी ऐनसेलले दुरसंचार प्राधिकरणाबाट सन् २००३ देखि अनुमती प्राप्त गरी व्यवसाय गर्दै आएकोछ । ऐनसेलको अनुमतीपत्रको अवधी २५ बर्षको हुदा सन् २०२८ मा खारेज भई जम्मा पूंजीको पचास प्रतिशत भन्दा बढी स्वमित्व ऐनसेलमा रहेको अवस्थामा ऐनको दफा ३३ अनुसार जग्गा, भवन, यन्त्र, उपकरण तथा संरचनामा सरकारको स्वामित्व रहेन भनी कानून व्यवस्था गरिएको हुदा सन २०२८ सम्म ऐनसेलमा एक्जिटियको स्वामित्न रहेनछ र २०२८ पछि एनसेलको स्वामित्वमा रहेको यसका घर, जग्गा, भवन, यन्त्र, उपकरण तथा संरचनाको स्वामित्व नेपाल सरकारमा सर्ने देखिन्छ ।

दुरसंचार विनियमावली २०७६
दुरसंचार सेवा प्रदान गर्न अनुमति प्राप्त कम्पनीको शेयर खरिद बिक्री व्यवस्थीत गर्न दुरसंचार विनियमावली २०७६ लागु गरिएकोछ जसको नियम ४ अनुसार ऐनसेलमा रहेको रोनाल्ड होल्डिडको शेयर बेच्न चाहेमा प्राधिकरणको पुर्व स्वीकृती लिनु पर्ने हुन्छ । तर ऐक्जेटियाले स्पेक्ट्रलाइटलाई बेच्न खोजेको शेयर भनेको ऐनसेलमा रहेको रोनाल्ड होल्डिसको स्वामित्वको शेयरको बिक्री नभई सेन्ट किट्समा दर्ता भएको रोनाल्ड होल्डिस कम्पनीमा रहेको ऐक्जिटियको शेयर हो । त्यसैले सेन्ट किस्ट टापुमा दर्ता भएको कम्पनीको शेयर हस्तान्तरण गर्दा नेपालको नियामकन निकायको स्विकृत लिनु पर्ने भनी प्राधिकरणको बिनियममा कुनै व्यवस्था गरेको छैन । किनभने प्राधिकरणको क्षेत्राधिकार ऐनसेलमा रहेको शेयर स्वामित्वसम्म मात्र सिमित रहेकोछ, सेन्ट किस्ट टापुमा दर्ता भएको कम्पनीको शेयरसम्म पुग्ने देखिदैन।

एकातर्फ नेपालको कुनै पनी कानूनले सेन्ट किट्समा दर्ता भएको रोनाल्ड होल्डिसको शेयरको मुल्य निर्धारण गर्ने अधिकार नेपालको कुनै निकायलाई प्रदान गरेको देखिदैन भने अर्कातर्फ एक्जिटियाले रोनाल्ड होल्डिसको शेयरको पचास मिलियन डलरमा विक्री गरेको कारोबारबाट नेपालको कुनै नियम कानून स्पष्ट र प्रत्यक्ष रुपमा उल्लंघन भएको देखिने अवस्था छैन ।

नेपालको दूरसञ्चार कानुन, नियमावली र विनियमावलीमा नेपालमा दर्ता रहेका ठूला कम्पनीका सेयर स्वामित्व खरिद–बिक्री हुनुपूर्व नियामक निकायबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ, तर नेपालको कम्पनी (ऐनसेल) मा स्वामित्व राखेको विदेशमा दर्ता रहेको विदेशी कम्पनी (रोनाल्ड होल्डिस) मा रहेको शेयर विदेशमा नै खरिद विक्री गर्दा दुरसंचार प्राधिकरणको पुर्व स्विकृत लिन पर्ने भनी विनियमावलीमा व्यवस्था गरेको देखिदैन । त्यसै गरी बिक्रेता आजियटा र खरिदकर्ता स्पेक्ट्रलाइटले सेन्ट किट्समा दर्ता रहेको रोनाल्ड होल्डिसको शेयर खरिद–विक्रीको कारोवारबाट रोनाल्ड होल्डिसको ऐनसेलमा रहेको शेयर स्वामित्वमा कुनै परिवर्तन भएको नदेखिदा आजियटा र स्पेक्ट्रलाइट विचको कारोबारबाट नेपालको कुनै कानुन उल्लघंन भएको देखिने अवस्था छैन ।

आजियटा र स्पेक्ट्रलाइट विचको कारोबारबाट वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन–२०७५ को दफा १९ को उल्लघंन भएको भन्न सक्ने अवस्था पनी छैन । किनभने उक्त दफा १९ आकर्षित हुन विदेशी लगानीबाट नेपालमा सिर्जित सम्पत्ती, जायजेथा वा कुनै प्रकारको वित्तिय उपकरणको नेपाल भित्र वा बाहिर कारोवार भएमा सो जानकारी दिनु पर्नेछ भनी व्यवस्था गरेकोछ । तर आजियटा र स्पेक्ट्रलाइट विचको कारोबार नेपालमा सिर्जित सम्पत्ती, जायजेथा वा कुनै प्रकारको वित्तिय उपकरण सित सरोकार रहेको वा जोडिएको नहुदा तथा उक्त कारवारले सेन्ट किट्समा दर्ता भएको कम्पनीको शेयरको विक्रीसित सरोकार राख्ने हुदा आजियटा र स्पेक्ट्रलाइट विचको कारोबारमा उक्त दफा १९ आकर्षित नहुने स्पष्ट देखिन्छ ।

त्यसै गरी उक्त ऐनको दफा १९(२) मा कुनै होल्डिन कम्पनीको सम्पत्ती, जायजेथा वा शेयर उपरको हक हस्तान्तरण हुदा नेपालमा विदेशी लगानी भएको उद्दोगको स्वामित्व परिवर्तन भएकोमा सो को जानकारी उद्दोग ऐकाईमा गराउनु पर्ने भनी व्यवस्था गरेकोछ । उक्त व्यवस्था पनी आजियटा र स्पेक्ट्रलाइट विचको कारोबारमा आकर्षित हुने देखिदैन । किनभने उक्त कारोबारबाट ऐनसेलमा रहेको रोनाल्ड होल्डिसको शेयर स्वामित्वमा कुनै परिवर्तन भएको र हुने देखिदैन । किनभने रोनाल्ड होल्डिसले ऐनसेलमा भएको आफ्नो स्वामित्वको शेयर विक्री नगर्दासम्म शेयर स्वामित्व वा सो को प्रतिशत परिवर्तन हुन सक्दैन ।
आजियटा र स्पेक्ट्रलाइट विचको कारोबार भनेको रोनाल्ड होल्डिसको एनसेलमा रहेको एनसेलको शेयर बिक्री बिषय नभई सेन्ट किट्स मा दर्ता रोनाल्ड होल्डिस कम्पनीको शेयर खरिद बिक्रीको बिषय हुदा रोनाल्ड होल्डिस सेयर स्वामित्व खरिद–बिक्रीसम्बन्धी कारोबारको वैधानिकता जाच्ने क्षेत्राधिकार नेपालको अदालत रहेन अवस्था नहुदा यस बिषयमा उच्च अदालत पाटनले फैसला गर्नेनै छ । त्यसै कारणले गर्दा उच्च अदालत पाटनमा परेको रिटबाट आजियटा र स्पेक्ट्रलाइट विचको कारोबारमा कुनै कानूनी जटिलता आउने अवस्था देखिदैन । किनभने आजियटा र स्पेक्ट्रलाइट विचको उक्त कारोबारले रोनाल्ड होल्डिसको ऐनसेलमा रहेको स्वमित्वमा कुनै परिवर्तन नभएको हुदा उक्त रिट निवेदन दायर गर्ने हकदैया निवेदकमा रहने अवस्था समेत देखिदैन जसको अन्तिम निर्णय अदालतले गर्ने नै छ।

आजियटा र स्पेक्ट्रलाइट विचको कारोबारबाट नेपालमा बिदेशी लगानीमा पर्ने प्रभाव
ऐनसेलको विवाद अन्तराष्टियकरण भई सकेको छ। आजियटा र स्पेक्ट्रलाइट विचको कारोबारले यस बिषयमा नया आयाम थपिन पुगेकोछ । आजियटाले नेपालम बिदेशी लगानीकर्ताले व्यवसाय गर्न सरल नभएको भनी दिएको विज्ञप्तीले नेपालमा बिदेशी लगानीको बिषयलाई बढी चुनौतीपुर्ण बनाएको छ । यस विवादलाई नेपालले उचित तरिकबाट सम्बोधन गर्ने चुक्यो भने यसले नेपालमा हुने बिदेशी लगानीमा प्रतिकुल प्रभाव पर्ने जाने देखिन्छ । यसै पनी देशमा चुलिएको भ्रष्टाचार, कानूनी वा नीतिगत अस्पष्टता लगायत राजनैतिक अस्थिरतले केही बर्ष देखि नेपालमा ठुला ठुला र रोजगारी सृजना गर्ने खालका लगानी आउन सकेको छैन । भएका विदेशी लगानीकर्ता पनी नीतिगत अस्पटता, कानून नियमको व्याख्या, कर कानूनको कठोर र संकुचित व्याख्या र कार्यान्वयनबाट समेत आजित र हतोत्सही भएको देखिन्छ । रोनाल्ड होल्डिस जस्तो अफ सोर कम्पनीको शेयर होल्डर नाम चलेको र स्थापित आजियटाले आफ्नो लगानी झिकेको कारणबाट नेपालमा बिदेशी लगानी गर्ने उचित वातावरण छैन भन्ने सन्देश प्रवाह हुन पुगेमा भोलीका दिनमा बिदेशी लगानीकर्ता नेपालमा लगानी गर्ने उत्साही नहुने अवस्था आऊछ । यस्ता संवेदनसिल बिषयमा नेपाल सरकार गंभिर भई यस्ता समस्या समाधान गर्न उद्त हुनु आजको आवस्यकता हो ।



प्रतिक्रिया दिनुहोस्