Logo

कर्जन्हा नगरपालिकाका पूर्व मेयर पासमानसहित ५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर



काठमाडौं,१४ चैत । सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख गंगा पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसहित ५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि भएको ठेक्कामा अनिमियतता गरेको अभियोगसहित अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले बताए।

आरोप पत्रमा पासवानसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रविन कुमार महतो र निर्माण व्यवसायी महालक्ष्मीरपाण्डे एण्ड कम्पनीरड्रागन जेभीका प्रतिनिधि वैजनाथ यादवलाई प्रतिवादी बनाइएको छ।

अख्तियारले उनिहरुविरुद्ध १ करोड ८ लाख रुपैयाँ बिगो मगदाबी पनि गरेको छ । २०७४ मा भएको स्थानीय तह निर्वाचमा पासवान माओवादी केन्द्रबाट विजयी भएका थिए।



प्रतिक्रिया दिनुहोस्