Logo

एकाबिहानै प्रचण्ड भेट्न बालुवाटार पुगे देउवा, यस्तो छ कारण



काठमाडौं,१५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस सभापति देउवा आज बिहान बालुवाटार पुगेका थिए ।

भेटमा संसद्मा जारी गतिरोध अन्त्य गर्नेबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । कांग्रेसले गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको आरोप लगाएर संसदीय छानबिन समिति गठनको माग गर्दै प्रतिनिधि सभामा अवरोध गर्दै आएको छ ।

गत फागुन २१ गते नयाँ सत्ता समीकरण बनेपछि प्रचण्डसँग रुष्ट बनेका देउवा पछिल्ला दिनमा दिनहुँजस्तो भेटवार्ता गरिरहेका छन् ।

मंगलबार राती पनि कांग्रेसका कोर टिम लिएर देउवा प्रचण्ड भेट्न बालुवाटार पुगेका थिए । यी भेटवार्तामा भएका छलफलका विषय भने खुलेको छैन् ।



प्रतिक्रिया दिनुहोस्